आज :

अखिल क्रान्तिकारीका अध्यक्ष रायमाझी गिरफ्तार, माओवादी केन्द्रले दियो यस्तो चेतावनी

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीलाई प्रहरीले गिरफ्तार गरेको छ । भारतले नेपालीभूमीमाथि गरेको अतिक्रमणविरुद्ध गरिएको प्रदर्शनबाट प्रहरीले रायमाझीलाई गिरफ्तार गरेको हो ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष रायमाझीलाई प्रहरीले प्रदर्शनकैबीचबाट बबरमहलबाट गिरफ्तार गरेको छ । भारतले नेपालीभूमी समेटेर तयार गरेको राजनीतिक नक्साको खारेजीको माग गर्दै विद्यार्थीहरुले माइतीघरमा विरोध प्रदर्शनको आयोजना गरेका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको आह्वानमा आइतबार गरेको विरोध र्याली माइतीघरबाट नयाँवानेश्वर जाँदै गर्दा बबरमहलबाट प्रहरीले रायमाझीसँगै दर्जनभन्दा बढी विद्यार्थीलाई गिरफ्तार गरेको थियो ।

प्रहरीले नेकपा निकट अखिल क्रान्तिकारीमा आवद्ध दर्जनभन्दा बढीलाई विद्यार्थीहरुलाई गिरफ्तार गरेको छ । विरोध प्रदर्शनको अगुवाई गरिरहेका नेताहरुलाई प्रहरीले गिरफ्तार पछी विद्यार्थीहरु अक्रोसित भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए ।
कालापानी, लिम्पियाधुरा हाम्रो हो, भारतीय नक्सा खारेज गर भन्दै नाराबाजी गरिहरको विद्यार्थीहरु प्रहरी हस्तक्षेपछि सरकार र प्रहरीविरद्ध नाराबाजी सुरु गरेका थिए ।

गिरफ्तार गरिएका विद्यार्थीहरुलाई साँझसम्म पनि रिहा गरिएको छैन । उनीहरुलाई प्रहरी प्रभाग सिंहदरबारमा राखिएको छ ।

यसैबीच माओवादी केन्द्रले विज्ञप्ति निकालेर विद्यार्थीमाथि गरिएको हस्तक्षेपप्रति आपत्ति जनाएको छ । पार्टी सचिव राजन तिमिल्सिनाले विज्ञप्ति जारी गरेर विरोध प्रदर्शनमाथि बल प्रयोग गरेर सरकारले भारतको दलाली गरेको बताएका छन् ।

गिरफ्तार विद्‍यार्थीहरुलाई रिहा नभए सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal