आज :

अखिल क्रान्तिकारीको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप, दुई दर्जन विद्यार्थी गिरफ्तार

काठमाडौं । भारतले नेपालीभूमी हडपेर नक्सा तयार गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको अनेरास्ववियु (क्रान्तिकारी)माथि प्रहरीले हस्तक्षेप गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको आह्वानमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले विरोध प्रदर्शनको लागि आएका विद्यार्थीहरुलाई ठाउँठाउँमा रोकेको छ भनेने माइतीघरमा पुगेका विद्यार्थीहरुमाथि हस्तक्षेप गरेको छ ।

प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभात भट्टराई, गोबिन्द बिष्ट, सुवाष, धनजन, दयाराम, पूर्सणचन्द्र, नबिन बिष्टसहित करिब दुई दर्जन विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

विरोधमा प्रर्दशनमा सहभागी उत्रिएको गोपाल किराती नेतृत्वको माओवादी केन्द्रनिकट क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीलाई पनि गिरफ्तार गरेको छ । नेपालीभूमीमाथि अतिक्रमण गर्न पाईदैन, नेपालीभूमी फिर्ता गर भन्दै सडकमा निस्केका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।

विभिन्न ठाउँबाट माइतीघरमा पुगेका विद्यार्थी त्यहाँबाट वानेश्वर आउँदै गर्दा बबरमहल पुग्दा हस्तक्षेप गरेको थियो । जुलुसको अगुवाई गरेका सबैलाई प्रहरीले गिरफ्तार गरेपनि नाराबाजी रोकिएन ।


स्कूल ड्रेसमै विरोध प्रर्दशनमा सहभागी विद्यार्थीले प्रहरीले हस्तक्षेप गरेपछि सरकारविरुद्ध नै नाराबाजी गरेका थिए । उनीहरुले नेपालीभूमिमाथि अतिक्रमणविरुद्ध विरोध गर्दा गरिएको हस्तक्षेपको विरोध गरेका थिए । आक्रोसित विद्यार्थीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजी गर्दै बीच सडकमै विरोध प्रदर्शन गरिरहे ।
प्रहरीलीले लाठी चार्ज गरेर तितरबितर पार्न खोजेपनि विद्यार्थीहरु संगठित रुपमा भारतविरुद्ध चर्का नारा लगाउँदै नेपालीभूमी फिर्ता नगरेसम्म आफूहरुको विरोध जारी रहने बताए ।

प्रहरीले हस्तक्षेपछि विद्यार्थीलाई बबरमहलमै रोक्ने प्रयास गरेको थियो । तर, आक्रोसित विद्यार्थीहरुले प्रहरी अवरोधलाई हटाउँदै बिजुलीबजार पुगेर विरोध प्रदर्शन समापन गरिएको थियो ।

भारतले नेपालीभूमी गरेको हस्तक्षेपविरुद्ध विरोध गर्दा समेत गिरफ्तारी उत्रिएपछि सरकारको आलोचना सुरु भएको छ । नेपालीभूमी रक्षाको लागि विद्यार्थीले स्कूल ड्रेसमै गरिएको शान्तिपूर्ण विरोधमा हस्तक्षेप गर्नु भारतको दलाली भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

भारतले नेपालीभूमी कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । त्यसलगत्तै नेपालमा विरोध प्रदर्शन भइरहेको छ । अखिल क्रान्तिकारीले पनि शान्तिपूर्ण विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैबीच नेकपा (माओवादी केन्द्र)ले विज्ञप्ति निकालेर भारतले नेपालीभूमीमाथि गरेको अतिक्रमणविरुद्ध विद्यार्थीले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टीका सचिव राजन तिमिल्सिनाले जारी गरेको विज्ञप्तिमा भारतीय हस्तक्षेपविरुद्ध गरिएको विरोध प्रदर्शनमा हस्तक्षेप गरेर सरकारले भारतको गुलामी गरेको बताए । उनले आफ्नो पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमार्झीसहित गिरफ्तार विद्यार्थीहरुको रिहाईको माग गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal