आज :

२०० जना अवैध आप्रवासी लिबियाबाट फिर्ता

काठमाडौं । लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काएको छ ।

विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक हुन् । आधिकारिक कागजात नभएका उनीहरुमा संक्रामक रोगसमेत देखिएको थियो ।

अन्तर्राष्ट्रिय आप्रवास संगठनले हालै मात्र लिबियामा ६ लाख ५० हजार अवैध आप्रवासी रहेका र तीमध्ये करिब ६०० जनालाई थुनामा राखिएको जनाएको छ ।

थुनामा राखिएकामा महिला र बालबालिका छन् । युरोप प्रवेश गर्न चाहने हजारौं आप्रवासी लिबियाको मार्ग प्रयोग गर्दछन् । अवैध आप्रवासीमध्ये अधिकांश अफ्रिकी मूलका व्यक्तिहरु रहने गरेका छन् ।

तर लिबियामा जारी असुरक्षा र अव्यवस्थाका कारण आप्रवासीमाथि आक्रमण हुने गरेको छ । अवैध आप्रवासीलाई राख्न बनाइएका अस्थायी शिविर पनि खचाखच भरिएको छ । सन् २०११ मा लिबियाका नेता महमर गद्दाफीको शासन पतन भएपछि लिबियामा सुरक्षा व्यवस्था नाजूक रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal