News Portal

  • भारतविरुद्ध माइतीघरमा अखिल क्रान्तिकारीको प्रदर्शन, बिकसहित आधा दर्जन गिरफ्तार

    १५६१ पटक

    काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले भारतले नेपालीभूमी समेटर नक्सा तयार गरेको विषयमा विरोध प्रदर्शन गरिरहेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको आह्‍वानमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    प्रहरीले विरोध प्रदर्शनको लागि आएका विद्यार्थीहरुलाई प्रहरीले ठाउँठाउँमा रोकिरहेको छ भने माइतीघरमा पुगेकामाथि हस्तक्षेप गरेको छ ।

    प्रहरी हस्तक्षेपका बाबजुद पनि विद्यार्थीहरुले भारतविरुद्ध नाराबाजी गरिरहेका छन् ।

    प्रहरीले छत्र बिकसहित आधा दर्जन विद्यार्थीलाई माइतीघरबाट गिरफ्तार गरेको छ । विहानै प्रदर्शनको लागि ललितपुरबाट आउँदै गर्दा तीनजनालाई गिरफ्तार गरेको थियो ।

    प्रतिकृया दिनुहोस्