आज :

भारतको नक्सा विवादबारे छलफल गर्न प्रधानमन्त्री ओलीलाई संसदीय समितिले बोलायो

काठमाडौं । नक्सा विवादबारे छलफल गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।

सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि भोलीको बैठकमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई बोलाएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिएकी छिन् ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।

यस विषयमा सरकारको आधिकारीक धारणा माग्न प्रधानमन्त्री ओलीलाई समितिले बोलाएको हो । समितिले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको सभापति श्रेष्ठले जानकारी दिइन् ।

उनले सिमा विवादका विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँगसमेत छलफल गर्ने बताइन् । प्रधानमन्त्री ओलीले हिजो सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएका थिए ।

सर्वदलीय बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको निष्कर्ष निकाल्दै नेपाली भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारलाई सरोकारवालाहरुले सुझाव दिएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतीय नयाँ नक्साका विषयमा छलफलका लागि बोलाएको छ ।यसअघि सरकारले विज्ञप्तीमार्फत उक्त भूभाग नेपालकै रहेको दावी गरी सकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal