आज :

‘लिम्पियाधुरा कालापानी- हाम्रो हो’ भन्दै विद्यार्थीले घेरे भारतीय दूतावास

काठमाडौं । भारतले कालापानी-लिम्याधुरा क्षेत्रलाई आफ्नोमा पारेर नयाँ नक्सा सार्वजिनक गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । राजनीतिक दल र तिनका भातृ संगठनसहित आम नेपाली विरोधमा उत्रेका छन् ।

प्रतिबन्धित नेकपादेखि सत्तारुढ (नेकपा) का भातृ संगठनहरु विरोधमा उत्रेका छन् । घरेलु विषयमा मतमतान्तर भएपनि नेपालीभूमीको सवालमा सबै एक ठाउँमा उभिएका छन् । सत्तारुढ (नेकपा) ले विरोधका कार्यक्रम घोषणा नगरेपनि उसका भातृ संगठन अनेरास्ववियू भने सडकमा निस्केको छ ।

विप्लव नेतृत्वको नेकपाले एकहप्ते संघर्षका कार्यक्रमसहित सडकमा उत्रिएको छ । पार्टीका महासचिव विप्लवले विज्ञप्ति निकालेर पार्टीका सबै निकायलाई संघर्षमा उत्रिन निर्देशन दिँदै सबै राष्ट्रवादी नेपालीलाई भारतीय अतिक्रमको विरुद्धमा बोल्न अपील समेत गरेका थिए ।

यसबारे सरकारले पनि आफ्नो धारण सार्वजनिक गरेको छ । सरकारका प्रबक्ता गोकुल बास्कोटाले भारतले सार्वजनिक गरेको नयाँ नक्सा मान्य नहुने बताए । सरकारले कुटनीतिक पहल गरिरहेको समेत दाबी गरेका थिए ।

त्यसैगरी (नेकपा) का अध्यक्ष प्रचण्डले पनि भारतको हेपाह प्रवृति कायमै रहेको भन्दै नेपालीभूमी समेटेर तयार गरिएको नक्सा खारेजीको माग गरेका छन् ।

यसैबीच सत्तारुढ (नेकपा) निकट अनेरास्ववियूले शुक्रबार भारतीय दूतावासमा धर्ना दिएको छ । उसले नेपालीभूमीमाथि अतिक्रमण गरिएको बताउँदै विरोध गरेको छ । दूताबास अगाडि धर्ना दिँदै विद्यार्थीहरुले भारतविरुद्ध नाराबाजी समेत गरेका छन् ।

विद्यार्थीहरुले भारतले सार्वजनिक गरेको नक्सा खारेज नगरे कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal