आज :

रकम दुरुपयोग गरेको अभियोगमा राष्ट्रपति ट्रम्पलाई जरिवाना

काठमाडौं । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जरिवाना सुनाएको छ ।

न्यूयोर्कका एक न्यायाधिशले उनलाई आफ्नो च्यारिटी संस्थाको रकम अवैध रुपमा प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश सुनाएका हुन् ।

सन् २०१६ को चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च गरिएको उक्त रकम गैरकानुनी भएको भन्दै ट्रम्प आफैंले भुक्तानी गर्नुपर्ने अदालतले फैसला गरेको छ ।

उनले आफ्ना छोराहरुको नाममा सञ्चालन गरेको सामाजिक संस्थाबाट आफ्नो चुनावी अभियानका लागि रकम दुरुपयोग गरेको अदालतको फैसलामा उल्लेख छ ।

परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने न्यायाधीशहरुले तर्क गरेका छन् । उनीहरुले ट्रम्पले राजनीतिक अभियानलाई आर्थिक सहयोग गर्न कोषको दुरुपयोग गरेको बताएका हुन् ।

तर ट्रम्पले भने अदालतको उक्त आदेश राजनीतिक रुपले प्रेरित भएर आफूविरुद्ध निर्णय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal