आज :

कालापानी-लिम्पियाधुरा अतिक्रमणविरुद्ध विश्‍वभर विरोध

काठमाडौँ । भारतले नेपालीभूमी फेरि अतिक्रमण गरेको भन्दै युरोपभर विरोध भइरहेको छ । युरोपमा रहेका नेपालीहरुले नेपालीभूमी नयाँ नक्सामा गाभेको भन्दै भारतविरुद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् ।

युरोपस्थित नेपाली जनप्रगतिशील मोर्चाले विरोध जनाएको हो । विप्लव नेतृत्वको नेकपा निकट मोर्चाले भारतको नेपालीभूमीलाई नांगो रुपमा आफ्नो देशभारतले अन्यायपूर्ण तरिकाले नेपालीभूमी अतिक्रमण गरेको भन्दै विरोध जनाएको छ ।

बेल्जियम, जर्मनी, स्पेन, पोर्तुगल, पोल्यान्ड र बेलायतको तर्फबाट जारी गरिएको विज्ञप्तिमा राजनीतिक शक्तिलाई प्रतिबन्द लगाउने तर आफ्नो भूमीको रक्षा गर्न नसकेको भन्दै सरकारको समेत विरोध गरको छ । संयुक्त विज्ञप्तिमा सरकारको फासिवादी र आत्मसमर्पणवादी चरित्रकै कारण भारतले नेपालीभूमी अतिक्रमण गरेको बताएको छ । उसले भारतको नयाँ नक्सा खारेजको माग समेत गरेको छ ।

यसैगरी मलेसियास्थित मोर्चाको अध्यक्ष विजय लामा र महासचिव तुफान सिंहले विज्ञप्ति जारी गरेर भारतीय अतिक्रमणको विरोध जनाएका छन् । विज्ञप्तिमा नेपालीभूमी रक्षाको लागि आवश्यक परे लडाइँ लड्नु पर्ने त्यसको लागि सबै तयार हुनुपर्ने बताएका छन् ।

मोर्चाका साउदी केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएको छ । अध्यक्ष युवराज कार्की ‘शेखर’ले विज्ञप्ति जारी गरेर नेपालले जनगणना गरेको र कर लिएका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको भन्दै विरोध जनाएका छन् ।

कार्कीले नेपालीभूमी फिर्ता गर्न भारतलाई आग्रह गर्नुको साथै आफ्नो भूमीको रक्षा गर्न सबै नेपालीसँग अपील गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal