आज : २०८१ फाल्गुन, ०७

कालापानी-लिपुलेक अतिक्रमण गरेको नक्सा खारेज नगरे भारतविरुद्ध स्वाधिनताको आन्दोलनः विप्वल

  • २०७६ कार्तिक २० गते   ०१:११ बजे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारतले हालै सार्वजनिक गरेको नक्सा नेपालमाथिकै हमला भएको बताएको छ । नेकपाले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई गाभेको भन्दै आपत्ति जनाएको छ ।

पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर भारतको नक्सा नेपालमाथिकै हमला भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । एकहप्ते संघर्षका कार्यक्रममा नक्सा जलाउँनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्म रहेका छन् ।

विज्ञप्तिमा विप्लवले भारतको यो कमद अतिक्रमणकारी रवैया भन्दै नेपालमाथिकै हमला भएको बताएका छन् । भारतले पञ्चशीलको सिद्धान्तलाई अपरहण गरेको भन्दै विप्लवले भनेका छन्, “यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्रा्ष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ ।”

महासचिव विप्लवले भारतले तत्काल उक्त नक्सा खारेज नगरे राष्ट्रिय स्वाधिनताको आन्दोलन संचालन गर्ने चेतावनी समेत दिएका छन् । “पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ । यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ ।”

आजबाट सुरु हुने संघर्षका कार्यक्रममा नेपालस्थित भारतीय दूतावासमा ज्ञापन पत्र दिने, संयुक्त राष्ट्रसंघमा ज्ञापन पत्र बुझाउने, भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउनेलगायतका छन् । जसमा कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal