आज :

करअधिकृत रेड्डीलाई कार्यालयभित्र जिउँदै जलाइयो

काठमाडौं । दक्षिणी भारतको तेलंगना राज्यमा एक राजस्व अधिकारीलाई जीवितै जलाइएको छ ।

सम्पत्तिसम्बन्धी विवादमा कर अधिकृत विजय रेड्डीलाई कार्यालयमै आगो लगाइएको थियो । उनलाई जोगाउन खोज्ने एक कर्मचारीको पनि जलेर मृत्यु भएको छ ।

उनलाई कार्यालयको ढोका बन्द गरी आगो लगाइएको थियो । उनले सहयोगका लागि याचना गरेको एउटा भिडियो सार्वजनिक भएको छ । आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।  मंगलबार दिउँसो साढे १ बजे अदालतको एक सुनुवाइबाट फर्किएपछि उनीमाथि सांघातिक हमला भएको र आगो लगाएको आशंकामा के सुरेश नाम गरेका एक संदिग्ध पक्राउ परेको छ ।

उनलाई बचाउने क्रममा कार्यालयका अन्य २ कर्मचारी चन्द्रिहा र गुरुनाथम पनि जलेर घाइते भएका छन् । तीमध्ये गुरुनाथमको मृत्यु भएको छ । आफूले रेड्डीको कार्यालयबाट केही चीत्कार सुनेको तर ढोका भित्रबाट बन्द गरिएको गुरुनाथमले मृत्यु हुनुअघि बताएका थिए ।

‘रेड्डी ढोका खोलेर बाहिर आउन सकिनन् आगो फैलनुअघि उनी भुइँमा ढलिन्,’ गुरुनाथमले भनेका थिए । सुरेश पनि जलेको शरीरसहित कार्यालयको भवनबाट बाहिर दौडिएका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पताल लगेको थियो ।

तेलंगना राज्यको राजधानी हैदरावादबाट ३२ किलोमिटर टाढा अब्दुल्लाहपुरमा सो घटना भएका हो । ‘सुरेश आफैँले आगो लगाएका हुन् वा अन्य कसैले लगाएको भन्नेबारे हामी पुष्टि गर्दै छौँ,’ प्रहरी कमिस्नर महेश भागवतले भने । सुरेश एउटा गाउँमा बस्छन् र उनको परिवार सम्पत्तिको विषयलाई लिएर मुद्दा लडिरहेको छन् ।

सुरेशका बाबु कृष्णले भने, ‘जग्गाको विवादलाई लिएर मुद्दा चलिरहेको छ । तर, यसलाई म र मेरा भाइले झेलिरहेका छौं । रेड्डीलाई सुरेश किन भेट्न गयो मलाई थाहा भएन ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal