आज :

कालापनी-लिपुलेक भारतीय अतिक्रमणविरुद्ध वैद्य माओवादी सडकमा उत्रियो

काठमाडौं । भारतले नेपाली भूमी कालापानी–लिपुलेक अतिक्रमणविरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) विरोध प्रदर्शनमा उत्रिएको छ । पार्टीका महासचिव मोहन वैद्यले एक विज्ञप्ति जारी गरेर भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालीभूमी कालापानी र लिपुलेक क्षेत्र आफ्नोभूमीमा गाभेको भन्दै विरोध गरेका छन् ।
महासचिव वैद्यले भारतको नक्सा सार्वजनिक गर्दै नेपालीभूमीमाथि नांगो हस्तक्षेप गरेको बताए । उनले विरोधमा उत्रिन अपील समेत गरेका छन् ।

“भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको छ । यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण हो” वैद्यले विज्ञप्तिमा भनेका छन् । उनले सम्पूर्ण देशभक्त नेपालीहरु संवेदनशील र गम्भीर बन्न जरुरी रहेको समेत बताएका छन् ।

भारतले गरेको अतिक्रमणविरुद्ध आफ्नो पार्टी संघर्षमा उत्रिएको भन्दै नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग समेत गरेका छन् ।

यसैबीच क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार दिउँसो ३ बजे काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्न लागेको मोर्चाले जानकारी दिएको छ ।

विरोध कार्यक्रमलाई मोर्चाका महासचिव परी थापालगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal