आज :

रोशनीको मुख थुनेर महरालाई जेल पठाउने फैसला !

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई जेल चलान गरिएको हो ।

आइतबारदेखि सुरु भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पर्पक्षाको लागि थुनामा पठाउने आदेश दिएको थियो । यो आदेशपछि महरालाई सोमबारै डिल्लीबजार कारागार चलान गरिएको छ ।

महराको पक्षामा बहस गर्दै वरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, शेरबहादुर केसीलगायत कानुन व्यवसायीहरुले बहस गरेका थिए । उनीहरुले आरोप पुष्टी हुने आधार र प्रमाण नभेटिएको हुँदा महरालाई धरौटीमा रिहा गरेर थप अनुसन्धान गर्नुपर्ने माग राखेका थिए । तर, अदालतले महरालाई लागेको आरोप होइन भन्न नसकिने भन्दै पुर्पक्षाको लागि जेल पठाउने आदेश दियो ।

महराको थुनछेक बहस चलिरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी थिइन् । उनले महराले आफूलाई बलात्कार प्रयास नगरेको भन्दै कुरा राख्न माग गरेकी थिइन् । तर, न्यायाधीशले शाहीलाई कुरा राख्न अनुमति दिएन । आफूलाई कुरा राख्न नदिएपछि शाही फर्किएकी थिइन् ।

न्यायाधीशहरुले शाहीलाई कुरा राख्न नदिएपछि अदालत पुगेका महराका समर्थकहरुले पीडितको मुख थुनेर फैसला गरेको बताएका थिए । उनीहरुले पीडित भनिएकी शाहीले होइन भन्दाभन्दै जेल पठाउने फैसला पूर्वाग्रही भएको बताएका छन् ।

महराको पक्षमा बहस गरिरहेका कानुन व्यवसायीहरुले पनि पीडितको कुरा पनि सुन्नु पर्ने माग गरेका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal