आज :

प्रदेश प्रमुखको सपथ आज

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखले सपथ लिने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार ७ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन‍् ।

आइतबार राष्ट्रपतिले सातवटै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन् । रिक्त प्रदेश प्रमुख सत्तारुढ (नेकपा)को सचिवालयले सोमबार नै पार्टीका नेताहरुलाई प्रदेश प्रमुख बनाउने टुंगो लगाएको थियो । पार्टीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ , झापाका विष्णु प्रसाईं प्रदेश ३, चितवनका अमिक शेरचन गण्डकी, सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी सर्मीला कुमारी पन्तलाई सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिस आएलगत्तै सोमबार नै राष्ट्रपति कार्यालयले सातै जना प्रदेश प्रमुखलाई नियुक्त गरेको जानकारी दिएको थियो । आज उनीहरुले सपथ लिने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले शीतलनिवासमै प्रदेश प्रमुखलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । सपथसँगै प्रदेश प्रमुखले जिम्मेवारी समाल्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal