आज :

महरा डिल्लीबजार कारागार चलान

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई कारागार पठाइएको छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षाका लागि थुनामा राख्ने आदेश दिएपछि महरालाई डिल्लीबजार कारागार पठाइएको हो ।

महराविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दामाथि भएको बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार हाेइन भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो । जिल्ला अदालतमा महराको बयानपछि आइतबार र सोमबार थुनछेक बहस भएको थियो ।

मुद्दाको टुं‌गो नलागेसम्म महरा जेलमै बस्‍नुपर्ने भएको छ । पीडित भएकी महिलाले आफूलाई बलात्कारको प्रयास नभएको बताइसकेको अवस्थामा महरालाई थुनामा राखिराख्न नपर्ने भन्दै महराको पक्षमा कानुन व्यवसायीले माग परेपनि अदालतले पुर्पक्षा पठाउने आदेश दिएको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दावी गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal