आज :

महराको थुनछेक बहस सकियो, रोशनीले अदालतमा कुरा फेरिन्

काठमाडौं । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ ।

आइतवारदेखि उनको पक्षका वकिलहरुले बहस गरेका थिए । सोमबार महराको पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठले बहस गरे ।

उनको पक्षमा करिब ३० जना वकिलले वकालतनामा पेश गरेकोमा आइतवार र सोमबार ६ जना वकिलले बहस गरे । महराको पक्षका ६ जना वकिलले बहस गरिसकेपछि सरकारी वकिलले पनि प्रत्युत्तर दिइसकेका छन् ।

बहस भइरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगिन् । आफ्ना कुरा राख्न भन्दै इजलासमा प्रवेश गरेकी उनलाई न्यायाधीशले बोल्ने अनुमति भने दिएनन् ।

अब जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासबाट यो मुद्दामा आदेशको प्रतीक्षा गरिएको छ । महराविरुद्ध बलात्कार आरोप लगाएर प्रहरीमा जाहेरी दिएकी रोशनी शाहीले अदालतमा भने कुरा फेरेकी छिन् ।

उनले आफूमाथि महराले बलात्कार प्रयास नगरेको तर्क गरेकी छिन् । गत असोज १२ गते रोशनीलाई बलात्कार प्रयासको आरोपमा महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए । अनुसन्धानका क्रममा महराले डिएनए परीक्षणका लागि रगत दिन मानेका थिएनन् भने ढाँटे नढाँटेको पत्ता लगाउन गरिने पोलिग्राफ परीक्षण गर्न पनि अस्वीकार गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal