News Portal

  • महिलाको शव नालीमा भेटियो

    १६४ पटक

    झापा । आज बुद्धशान्ति गाउँपालिकामा एक महिलाको शव नालीमा भेटिएको छ ।

    बुद्धशान्ति-३ स्थित पेट्रोलपम्प नजिकै नालीमा एक महिलाको शव भेटिएको हो । अन्दाजी ४० वर्षिय पुनम परियारको शव नालीमा लडिरहेको अवस्थामा आइतबार बिहान ९ बजे भेटिएको प्रहरीले जनाएको छ ।

    रातको समयमा दुर्घटनामा परी मृत्यु भएको हुन सक्ने र थप जानकारी अनुसन्धानपछि खुल्ने प्रहरीको भनाइ छ ।

    आमा राति घर नआउनु भएको र रातको समयमा खोजि गरिएता पनि नभेटिएको तर बिहान त्यहाँ मृत अवस्थामा भेटिएको उनका छोरा सिनु परियारले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्