आज :

एक हाउस पार्टीमा अन्धाधुन्ध गोली प्रहार ५ जनाको मृत्यु

काठमाडौं । कम्पनीले भाडामा लिएको घरमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ ।

पार्टी आयोजक तथा त्यसमा सहभागी हुने पाहुनाबाट हुन सक्ने अपमानजनक तथा अपराधजन्य घटनाबाट मुक्ति पाउनका लागि यस्तो निर्णय लिइएको कम्पनीले जनाएको छ ।

क्यालिफोर्नियाको सन फ्रान्सिस्को नजिकै ओरिन्डा बजारमा रहेको घरमा भएको अन्धाधुन्ध गोली प्रहारमा ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

हलोविनको अवसर पारेर शुक्रबार आयोजना भएको सो हाउस पार्टीमा सुरुमा थोरै मानिस थिए । पछि मानिसहरु थपिँदै गएर एक सय जना भन्दा बढी पुगेका थिए ।

आयोजकले पार्टीका लागि स्वीकृति लिएका थिएनन् । पार्टी चलिरहेकै क्रममा अन्धाधुन्ध गोली चल्दा ५ जनाको मृत्यु भएको हो र मृत्यु हुने सबै ३० वर्ष भन्दा मुनिका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal