आज :

५ जना खेलाडी सम्मानित

म्याग्दी । जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा पदक जित्न सफल ५० वर्ष पूरा गरेका ५ जना खेलाडीहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा एथलेटिक्सतर्फ ६१ वर्षिय मीनबहादुर पाइजा, पौडी तथा ड्राईभिङतर्फ अन्तर्राष्ट्रिय उपाधि विजेतासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष ६१ वर्षिय क्या. डमबहादुर पुन, भलिबलतर्फ मिलन श्रेष्ठ र ५३ वर्षिय कौशीला खत्री तथा बक्सीङमा ७४ वर्षिय मानबहादुर बुढाथोकी रहेका छन् ।

राष्ट्रिय खेलकुद विकास परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सीना, नेपाल ह्यान्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीलगायतले सम्मान गरेका हुन् ।

टोड्के हिल्स रिसोर्ट प्रालिको आयोजनामा ५० वर्ष माथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा समावेश खेलाडीहरुको सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष तिमिल्सीनाले खेलकुदको माध्यमद्वारा पर्यटक प्रवर्धन गर्न सकिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal