News Portal

  • बस र ट्रक ठोक्किदा ३ जना घाईते

    २२३ पटक

    कैलाली । लम्कीचुहा नगरपालिका ३ चिसापानीमा बस र ट्रक एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् ।

    चिसापानी नजिक भे १ क ५९३ नं.को मिनि ट्रक र विपरित दिशा तर्फ गईरहेको ना ५ ख ३९९३ नम्वरको बस एक आपसकमा ठोक्किदा उनीहरु घाईते भएका हुन् ।

    घाईते हुनेमा जोशीपुर गाउँपालिका ६ का ३८ वर्षिय राजाराम डंगौरा, ४८ वर्षिय बवकिया डंगौरा र ४ वर्षिय असन चौधरी रहेका छन् । बस र ट्रकका चालकलाई ईलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्