आज :

३ करोड अमेरिकी डलरको नयाँ विमान नेपाली सेनाले भित्र्यायो

काठमाडौं । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान नेपाली सेनाले थपेको छ ।

इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान नेपाली सेनाले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपदका समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालिमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालिममा रहेका ३५ सैनिकलाई एकै पटक बोक्न सक्छ । कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो ।

उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् । कल साइन सिएन २३५–२०० विमान नेपाली सेनाले ३ करोड अमेरिकी डलरमा खरीद गरेको हो ।

यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको २० वटा छ । सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि ३ हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधन परिचानको व्यवस्था गरेको छ ।

सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने ४ मध्ये २ वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउने छन् । अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।

मुलुकको आन्तरिक उडानका लागि अहिले १० वटा हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । नेपालबाट ३ स्वदेशीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal