आज :

बस दुर्घटना हुँदा एकको मृत्यु, ३३ जना घाइते

काठमाडौं । डोटीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बाह्रबिस ६ बाजुराका ५१ वर्षिय नयाँ सेरेलाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छ ।

महेन्द्रनगरबाट बाजुरा तर्फ गइरहेको ना ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानीमा बिहान ५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा महोत्तरी, बर्दिवासका २८ वर्षिय महेश कोइराला, दाङका ४५ वर्षिय राजकुमार केसी, डोटी सलेनाका ३० वर्षिय रेश्मा लुहार, २७ वर्षिय राम बहादुर बिक, सलेनाकै २२ वर्षिय कल्पना बिक, बोगटानका २८ वर्षिय दुर्गा सिंह बिडारी, बोगटानकी बाटु नेपाली, जोरायलकी कृष्ण बोहोरा रहेका छन् ।

यस्तै डोटीकै ३७ वर्षिय मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षिय छत्र बोहरा, सडकपुर बौनियाका २० वर्षिय सज्जन चौधरी, मसुरियाका २० वर्षिय टेक बहादुर बिक, मसुरियाकै राजन बोहरा, २३ वर्षिय पार्वती चौधरी, घाइते भएका छन् ।

अछामका ३६ वर्षिय भीम बुढा, ३१ वर्षिय यज्ञ स्वाँर, आकाश कुँवर, २७ वर्षिय ईश्वरी सिंह, बाजुराकी ३३ वर्षिय गंगा देवी थापा, २४ वर्षिय धाना देवी बिक, २६ वर्षिय कल्पना कुँवर, दार्चुलाका १९ वर्षिय सागर पार्की, २१ वर्षिय कृष्ण बहादुर बम, प्रेम बहादुर कुँवर, कञ्चनपुरका २८ वर्षिय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षिय उज्ज्वल देवकोटा, २३ वर्षिय दिल बहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २८ वर्षिय लाल टमटा, ३८ वर्षिय मदन बहादुर जेठारा, ५८ वर्षिय चित्र बहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षिय लालबहादुर साउँदको ठेगाना खुल्न सकेको छैन ।

घाइतेहरुको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेकाले अन्यत्र रेफर गरिएको छ । दुर्घटना पछि बस चालक लोकेन्द्र बडेलाक फरार छन् । बस सडकबाट ३० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal