News Portal

  • बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, १ यात्रुको मृत्यु, ३० घाइते

    २६० पटक

    धनगढी । बाजुरा जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बाजुराको लागि छुटेको बस डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा अन्य ३० यात्रु घाइते भएका छन् ।

    प्रहरीका अनुसार ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी निधन भएका व्यक्तिको सनाखत भएको छैन ।

    महेन्द्रनगरबाट ४० यात्रु बोकेर हिडेको बस सडकबाट ४० किलोमिटर तल खसेर दुर्घटना भएको थियो ।
    उद्दार कार्य जारी रहेकोले थप विवरण आउन सकेको छैन । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्