आज :

‘ओरिजिनल’ माओवादी म होइनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् । प्रचण्डले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी ओरिजिनल माले नभएजस्तै आफू पनि ओरिजिनल माओवादी नभएको बताए ।

पार्टीले मोरङमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ”म ओरिजिनल मसाल र ओरिजिनल माओवादी होइन, चौथो अधिवेशनको मदन भण्डारी हो भन्न पनि चाहँदिनँ ।” उनले २०४६ सालमै तत्कालीन एमाले र एकता केन्द्रलाई मिलाउन मदन भण्डारीसँग छलफल भएको समेत दाबी गरे । उनले भण्डारीसँग एकीकरणकै एजेन्डा र छलफलको मिति र कार्यक्रम तय भएपनि एकता हुन नसकेको बताए ।

कार्यक्रममा प्रचण्डले पार्टी एकताको काम सोचेजस्तो अघि नबढेको समेत बताए । तीन महिनामा एकता टुंग्याउने घोषणा गरिएको तर १७ महिना बितिसक्दा पनि नटुंगिएकोमा प्रचण्डले दुःख व्यक्त समेत गरे ।

पहिलो संविधानमा तत्कालिन माओवादीले नपत्याउँदो किसिमले जितेपछि आफूहरुले धर्ती छोडेको समेत स्वीकार गरे । उनले अहंकार कसरी आउँदो रहेछ भन्ने अनुभव पनि भएको बताए ।

एक अर्को प्रसंगमा बोल्दै प्रचण्डले आफूलाई नेतृत्व स्वीकार गर्न पूर्वएमालेलाई आग्रह समेत गरे । उनले मदन भण्डारी झापा विद्रोबाट नआएपनि तत्कालिन माले सहज रुपमा महासचिवमा स्वीकार गरेको समेत स्मरण गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal