आज :

गुणराज लोहनी गिरफ्तार 

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी गिरफ्तारलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाको केन्द्रीयबाट हालै बिदाई भएकोङ्क लोहनीलाई मं‌गलबार विहान प्रहरीले चितवनबाट गिरफ्तार गरेको हो ।

रातो खबर साप्ताहिकका पूर्वनिर्देशक गुणराज लोहनीको स्वास्थ्‍य अवस्था गम्भीर भएको भन्दै नेकपाले बिदाई गरेको थियो । केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ”स्वास्थ्य समस्याका कारण पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्न कठिनाइ भएकाले आफ्नो अवस्थाले दिएअनुसार देश र जनताका लागि काम गर्न सक्ने अनुमति दिँदै कमरेड गुणराज लोहनीलाई केन्द्रीय समितिको जिम्मेवारीबाट बिदाइ दिइयो ।” विप्लवको विज्ञप्ति सार्वजनिक भएको २४ घण्टा नबित्दै प्रहरीले लोहनीलाई गिरफ्तार गरेको हो ।

जनयुद्धको क्रममा जीवन साथी गुमाएका लोहनी केही समयदेखि खराब स्वास्थ्यका कारण चितवनस्थित घरमा आराम गरिरहेका थिए ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal