आज :

कुमार पौडेललाई गोली हान्ने इन्सपेक्टर साह र निर्देशन दिने प्रहरीको जाने भो जागिर !

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेललाई गोली हान्ने र निर्देशन दिने प्रहरी अधिकृतलाई कारवाही हुने भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गोली हान्ने इन्सपेक्टर कृष्णदेवप्रसाद साहसहित तीन जनालाई निलम्बन गर्ने सिफारिस गरेको छ ।

विप्लव नेतृत्वको नेकपाका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको आयोगले निष्कर्ष निकालेको छ । गत ५ असारमा सर्लाहीको लालबन्दीमा गरिएको उक्तकाण्डमा संलग्न इन्सपेक्टर शाहसहित हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रमाथि पनि मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । आयोगल सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आयोगले मुचुल्का उठाउदा गल्ती गरेको भन्दै इन्सपेक्टर किरण न्यौपाने र सई सूर्य कुमार कार्कीलाई विभागीय कारबाही गर्न पनि सिफारिस गरेको छ । आयोगले गोली हान्न आदेश दिने अधिकारीहरुलाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।

पौडेललाई गोली हान्ने इन्सपेक्टर साहसहित तीन प्रहरी प्रहरी प्रधान कार्यालयबाट खटिएका थिए । शव परीक्षणमा गल्ती गरेको भन्दै आयोगले जिल्ला अस्पताल सर्लाहीका तत्कालीन चिकित्सक डा. वीरेन्द्र कुमार यादवलाई समेत कारबाही गर्न सिफारिस गरिएको आयोगका सचिव वेद भट्टराईले जनाएका छन् ।

आयोगको सिफारिस सरकारले कार्यन्वयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ  । यदी सरकारले व्यवस्थाअनुसार सिफारिस कार्यान्वगन गरेमा गोली हान्ने र आदेश दिने प्रहरीको जागिर जाने भएको छ । त्यसैगरी पोष्टमार्टममा गल्ती गर्ने चिकित्सक र मुचुल्का उठाउने प्रहरीलाई समेत कारवाही हुने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal