आज :

बीरजंगसहित २१ नेताको गिरफ्तारीविरुद्ध विप्लवले घोषणा गरे चक्का जामसहित संघर्षका कार्यक्रम 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले दाङ घटनाको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीले चक्का जामसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

विप्लवले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण बैठकमाथि गरिएको प्रहरी हस्क्षेपको विरोध जनाएको छन् । उनले तत्काल रिहा नगरे कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् । विप्लवले नेता-कार्यकर्ता गिरफ्तार गरेर वैज्ञानिक समाजवादमा पुग्ने यात्रा नरोकिने बरु रोक्न खोज्ने नै खरानी हुने बताएका छन् ।

पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज र राप्ती ब्यूरो इन्चार्जसहित २१ नेताको गिरफ्तारीविरुद्ध नेकपा  मंसिर ३ देखि १७ गतेसम्म चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो । सार्वजनिक गरिएका संघर्षका कार्यक्रमअनुसार कार्तिक ३ गते अर्थात जुलुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र पिंढीसभा, कार्तिक ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन, कार्तिक ९ गते विरोध प्रदर्शन, कार्तिक १५ गते मसाल जुलुस र कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने रहेको छ ।

नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal