आज :

तालिम केन्द्रभित्रै महिला प्रहरी बलात्कारपछि फेरि प्रहरी चौकी इन्चार्जले गरे एकल महिला बलात्कार  

काठमाडौं । सुरक्षाको जिम्मा पाएको प्रहरीबाटै असुली, घुस, बलात्कारका घटना नेपालीको लागि नयाँ होइनन् । महिला सहकर्मीमाथि हाकिमदेखि जवानले दुर्व्यबहारदेखि यौन हिंसा भइरहेको कुरा पनि बेलाबेलामा सार्बजनिक भइरहकै हुन् । यसले सिंह प्रहरी प्रशासनमाथि नै प्रश्न उठिरहेको बेला फेरि अर्को घटना घटेको छ ।

पछिल्लो पटक तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कारको सिकार भएकी थिइन् । यो नेपालगंजस्थित तालिम केन्द्रको घटना हो । तालिम केन्द्रमै कार्यरत प्रहरी नायव निरीक्षक बमबहादुर रानाले ती प्रशिक्षार्थी महिलालाई बलात्कार गरेका हुन् । पीडित महिलाले आफन्तसँग भनेपछि घटना सार्वजनिक भएको थियो ।

त्यस्तै अर्का प्रहरी चौकीका इन्चार्जबाटै सुनसरीमा एक एकल महिलालाई बलात्कार गरेका छन् । धरान उपमहानगरपालिका–४, पत्रङबारी प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीमाथि स्थानीय एकल महिलाले बलात्कार गरेका हुन् ।

पीडित महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि अधिकारी पक्राउ परेका छन् । शनिबार नै धरान–४ का वडासदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानबाट घटनास्थल गइ प्रहरीले मुचुल्का तयार गरेको छ ।

मादकपदार्थको नशामा रहेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा घरमा सुतिरहेका बेला घरमा प्रवेश गरी आफूलाई बलात्कार गरेको बयान ती महिलाले प्रहरीसमक्ष दिएकी छन् ।

श्रीमानको मृत्युपश्चात् ती महिला चार छोराछोरीसहित पत्रङबारीस्थित घरमा बस्दै आएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal