आज :

विश्‍वभर भाइरल समाचारः चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौंः चिनियाँ राष्ट्रपति सी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फिर्ता भइसक्दा पनि विभिन्न संचारमा समाचारले प्राथमिकता पाइरहेको छ । नेपाली मिडियाले भ्रमणको लाइभदेखि दिनेदेखि सम्झौतालाई उच्च प्राथमिकता दिएका छन् । सी आउनेअघि नेपाली मिडियाले जति प्राथमिकता दिएका थिए त्यसको कयौं गुणाबढी फर्केपछि दिइको पाइन्छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई नेपालका राजनीतिक दलले पनि सकारात्मक सन्देश छोडेको बताएका छन् । तर अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले भने सीले चीन विरोधी गतिविधिबारे बोलेको भनाइलाई प्राथमिता दिएका छन् । सीको भ्रमणले एक हप्ता पार गर्न लाग्दा पनि अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सीले भ्रमणको बेला बोलेको उक्त भनाईलाई प्राथमिकता दिइरहेका छन् ।

राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाइदिने चेतावनी दिएको भन्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचार प्रकाशित गरिरहेका छन् । भेटमा सीले कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएको समाचारमा बताइएको छ ।

चिनियाँ सरकारी समाचार संस्था ‘सिन्ह्वा’ले प्रकाशित गरेको समाचारलाई चिनियाँ र अन्य देशका संचारमाध्यमहरुले अहिलेसम्म पनि प्राथमिकता दिइरहेका छन् । समाचारमा सीले प्रधानमन्त्री ओलीसँग अत्यन्त कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएको पनि जनाएको छ ।

”यदी चीनको कुनैपनि हिस्सालाई टुक्राउने कोशिश मात्र गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ” समाचारमा सीको भनाईलाई उदृत गरिएको छ ।

सीको उक्त भनाइलाई चिनियाँ संचारमाध्यमहरुले ”चीनको कुनै पनि भागमा अलगाववादी गतिविधिका प्रयास गर्ने जो कोहीलाई कुल्चिइनेछ र त्यस्ता प्रयासलाई समर्थन गर्ने कुनै पनि बाह्य शक्तिलाई चिनियाँहरूले पाइप–सपनाको रूपमा लिनेछन्” समाचारमा लेखेका छन् ।

समाचारमा सीले तिब्बतसँगै हङकङ र ताइवानलाई लिएर सो भनाई आएको बताइएको छ । भ्रमणको क्रममा दुईदेशबीच भएको सम्झौता भन्दा यो समाचारले प्राथमिकता पाएको छ ।

एजेन्सीहरुको सहयोग तयार गरिएको सामाग्री

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal