आज :

टी-२० महिला क्रिकेटमा काठमाडौंको पहिलो जित

काठमाडौं । वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) महिला टी-२० क्रिकेटमा क्वाट क्वीन्स काठमाडौंले पहिलो जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा क्वाट क्वीन्स काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले पराजित गरेको छ । काठमाडौंले दिएको १५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा ‘अलआउट’ हुनुपूर्व ७० रनमै समेटियो ।

पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले समान २-२ विकेट लिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनायो ।

उसका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ८३ रन जोडिन् । रुबिनाको अर्धशतक जारी प्रतियोगिताको पहिलो अर्धशतक हो । ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै उनले ५ हजार रुपैयाँ पाइन् । बलिङतर्फ पोखराकी अनुराधा चौधरीले ४ विकेट लिइन् ।

जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौंलाई बुधबार चितवन राइनोज्ले ५ विकेटले हराएको थियो । प्रतियोगितामा काठमाडौं, लतिलपुर, पोखरा, चितवन र विराटनगरका ५ टोली सहभागी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal