आज :

पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने भएपछि नेकपाभित्र विवाद

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयन अल्मलिएको छ ।

संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख चयन प्रक्रिया नेकपाका लागि नै भारी पर्ने संकेत देखिएको हो ।

बलात्कार अभियोगमा कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि सभामुख पद अहिले खाली छ । सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक आवश्यक हुन्छ । तर अहिले संसदको अधिवेशन नै बसेको छैन ।

संसदको अधिवेशन लगायतका प्रविधिक कुरा भन्दा पनि सभामुख कस्ले पाउने भन्ने विषय अहिले पेचिलो बनेको छ । संविधानत उपसभामुख शिवमाया तुम्वहाम्फे त्यही पदमा रहँदासम्म नेकपाले सभामुख दाबी गर्न पाउने अवस्था छैन ।

दुई तिहाइ मतको नजिक रहेको नेकपाले सभामुख अन्य दललाई छोड्ने वाला छैन । सभामुख आफुहरु कुनै पनि हालतमा छोड्ने मुडमा नरहेको नेकपा नेता हरीबोल गजुरेल बताए । यदि नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुख शिवमायाले राजिनामा दिनुपर्ने हुन्छ ।

उपसभामुख राजीनामा दिने मुडमा छैनन् । पार्टी एकीकरणपूर्व राष्ट्रपति, प्रधानमन्त्रीसहित सभामुखको पद भागबण्डा गर्दा सभामुख तत्कालिन माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो । पूर्वमाओवादी खेमा अहिले पनि सभामुख आफुहरुले पाउनुपर्ने पक्षमा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal