आज :

गोरु चोरेर काट्ने अचानो र खुकुरीसहित ४ जना पक्राउ

काठमाडौं । गोरु चोरेर काट्ने ४ जना अचानो र खुकुरीसहित पक्राउ परेका छन् ।

मध्यपुरथिमी नगरपालिका वडा नं.१ स्थित मनोहरा खोला किनारमा गोरु काटिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका-६ का ४२ वर्षिय जगतकुमार थापामगर, ८ का ३३ वर्षिय नरेश लिम्बु, त्यही ठाउँका ३७ वर्षिय बसन्त लिम्बु र याङवरक गाउँपालिका-२ का ४४ वर्षिय सागर भन्ने सन्तकुमार बेघा रहेका छन् ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट काठको विड सहितको दाउ १ थान, फलामको विड भएको दाउ १ थान, प्लाष्टिकको विड भएको छुरी १ थान, फलामको विड भएको छुरी १ थान र काठको अचानो १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई पशुपंक्षी सम्बन्धी कसुर ऐन अनुसार कारबाही प्रकृया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal