आज :

एनआरएनएको मतदानको प्रचारप्रसार तीब्र

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि मतदानको तयारी भइरहेको छ ।

मतदान नजिकिँदै गर्दा उम्मेदवारहरुले प्रचारप्रसार तीब्र पारेका छन् । अध्यक्षका लागि कुमार पन्त र कूल आचार्यले आ–आफनो टीम बनाएर प्रचारप्रसार तीब्र पारेमा छन् ।

दुबै पक्षले आफ्नो जीत हुने दाबी गरेका छन् । सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता नि ः शुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन् ।

प्रतिस्पर्धी आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सारेका छन् ।

पन्तले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने एजेन्डालाई जोड दिएका छन् । सम्मेलनमा २६ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal