
काठमाडौं । नेपाल प्रहरीले ४ किलोग्राम चरेससहित दुई जना युवालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षिय भुवन बुढामगर र २८ वर्षिय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।
वृत्त प्रहरीका अनुसार झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको होे । “चरेस बेचबिखन गर्न हिँडेको भन्ने अनुसन्धानमा खुल्न आएको छ”, प्रहरीले भन्यो । पक्राउ परेका दुवैलाई लागुऔषध ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइने वृत्तले जनाएको छ ।