News Portal

  • नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको चियापान

    ३१२ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेशले धनगढीमा चियापान कार्यक्रम गरेको छ ।

    विजया दशमी, दीपावली तथा छठ पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

    चियापान कार्यक्रममा नेकपाका प्रदेशका इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम रावल, प्रदेश अध्यक्ष कर्ण थापा, स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री लेख राज भट्ट, सह-इन्चार्जहरू, सचिव, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका सभामुख, उपसाभामुख, मन्त्री, सुरक्षा निकायका प्रमुख लगायत नेता कार्यकर्ताको सहभागिता थिए ।

    चियापान कार्यक्रम पूर्व आयोजना गरिएका औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा विकासमा र समृद्धिको आवश्यकता रहेको प्रदेशका इन्चार्ज रावलले बताए ।

    प्रतिकृया दिनुहोस्