आज :

युक्रेन युरोकपका लागि छनौट

काठमाडौं । पोर्चुगललाई हराउँदै युक्रेन युरोकप फुटबलका लागि छनौट भएको छ । गएराति युक्रेनमा भएको समूह ‘बी’ को खेलमा घरेलु टोली २-१ ले विजयी भएको हो ।

जितसँगै युक्रेनले ७ खेलबाट १९ अंक जोड्दै अर्को वर्ष हुने युरोकप फुटबलमा ठाउँ सुरक्षित गरेको छ । खेलमा पराजित भएपनि पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोले एक गोल गर्दै करियरमा गोल संख्या ७ सय पुर्याएका छन् ।

देशका लागि उनको यो ९५ औं गोल हो । देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको सूचीमा रोनाल्डो दोस्रो नम्बरमा छन् । शीर्ष स्थानमा रहेका इरानका अली दाइले देशका लागि १ सय ९ गोल गरेका छन् ।

युरोकप फुटबल छनौटका अन्य खेलहरुमा आईसल्याण्ड, अल्बानिया, सर्विया र कोसोभो विजयी हुँदा फ्रान्स र टर्कीले एक एक गोलको बराबरी खेले ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal