आज :

लक्जम्बर्गमाथि पोर्चुगलको सानदार जित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले चम्किएको खेलमा पोर्चुगलले लक्जम्बर्गमाथि सानदार जित निकालेको छ ।

युरो कप छनोटअन्तर्गत शुक्रबार राति भएको खेलमा पोर्चुगलले लक्जम्बर्गलाई ३-० गोलले हरायो । घरेलु मैदानमा पोर्चुगललाई जिताउन रोनाल्डो, बर्नाडो सिल्भा र गोन्कालो गुइडेजले गोल गरे । १६ औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिएका थिए ।

लक्जम्बर्गमाथि लगातार गोल गर्ने अवसर बनाएको पोर्चुगलले ६५ औं मिनेटमा दोस्रो गोल गर्यो । रोनाल्डोले पोस्ट् छेउबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । राष्ट्रिय टोलीमा रोनाल्डोको यो ९४ औं गोल हो ।

समग्रमा भने उनले ६ सय ९९ औं गोल गरेका छन् । ८९ औं मिनेटमा गोन्कालोले गोल गर्दै पोर्चुगलको जित सुनिश्चित पारेका थिए । यस जितसँगै समूह ‘बी’ मा रहेको पोर्चुगलले युरो कपमा छनोट सम्भावना बलियो बनाएको छ । ५ खेलबाट ११ अंक बनाएको पोर्चुगल समूहको दोस्रो स्थानमा छ ।

एक खेल बढी खेलेको युक्रेन १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । शुक्रबार राति नै भएको खेलमा युक्रेनले लिथुनियालाई २-० गोलले पराजित गरेको छ । युक्रेनको जितमा दुवै गोल रुस्लान मालिनोभस्काईले गरे । उनले २९ औं र ५८ औं मिनेटमा गोल गरे ।

यस समूहमा ७ अंक बनाएको सर्बिया तेस्रो र ४ अंक बनाएको लक्जम्बर्ग चौथो स्थानमा छ । एक अंकमा सीमित लिथुनिया अन्तिममा छ । समूह ‘ए’ को खेलमा इङ्ल्यान्डलाई चेक रिपब्लिकलाई नमीठो झट्का लागेको छ ।

घरेलु मैदानमा चेकले इङ्ल्यान्डलाई २-१ गोलले हरायो । युरो कप छनोट खेलमा इङ्ल्यान्ड १० वर्षपछि पहिलो पटक पराजित भएको हो । हारसँगै इङ्ल्यान्डको ४३ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इङ्ल्यान्डले सुरुआती अग्रता लिएर पनि हार खेपेको थियो ।

पाँचांै मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । तर, इङ्ल्यान्डको अग्रता लामो समय टिकेन । नवौं मिनेटमा चेकमा ज्याकुव ब्राबेकले बराबरी गोल फर्काए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा चेकले ८५ औं मिनेटमा निर्णायक गोल गरेको थियो ।

चेकका लागि जेडेनेक ओन्ड्रासेकले निर्णायक गोल गरे । समूह ‘ए’ कै अर्को खेलमा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । पहिलो हार खेपे पनि इङ्ल्यान्ड शीर्ष स्थानर्म छ ।

इङ्ल्यान्डले ५ खेलबाट १२ अंक बनाएको छ । एक खेल बढी खेलेको चेक १२ अंकसहित दोस्रो स्थानमा छ । ८ अंक बनाएको कोसोभो तेस्रो, ३-३ अंक बनाएको मोन्टेनेग्रो र बुल्गेरिया क्रमशः चौथो र पाँचौं स्थानमा छ ।

यसैगरी समूह ‘एच’ को खेलमा विश्वकप विजेता फ्रान्स र टर्कीले कठिन जित निकालेका छन् । फ्रान्सले आइसल्यान्डलाई १-० गोलले हरायो । अर्को खेलमा टर्कीले अल्बानियालाई १-० गोलले नै पराजित गर्यो । आइसल्यान्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जिताउन ओलिभर गिरोडले ६६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । टर्कीको जितमा सेन्क टोसुनले खेलको अन्तिम समयमा निर्णायक गोल गरे । टोसुनले इन्जुरी समयमा गोल गर्दै टर्कीलाई जिताए ।

समूहको अर्को खेलमा एन्डोराले मोल्डोभालाई १-० गोलले हरायो । एन्डोराको जितमा मार्क भालेसले ६३ औं मिनेटमा गोल गरे । जितसँगै समूह ‘एच’ बाट फ्रान्स र टर्कीले युरो कपमा छनोट हुने सम्भावना बलियो बनाए ।

फ्रान्स र टर्कीले ७ खेलबाट समान खेलबाट १८ अंक बनाएका छन् । गोल अन्तरका आधारमा टर्की शीर्ष र फ्रान्स दोस्रो स्थानमा रहको छ । १२ अंक बनाएको आइसल्यान्ड तेस्रो स्थानमा छ । ९ अंक बनाएका अल्बानिया चौथो तथा समान ३–३ अंक बनाएका एन्डोरा र मोल्डोभा क्रमश : चौथो र पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal