आज :

बस र बोलेरो आपसमा ठोक्किदा चालकको मृत्यु

तनहुँ । बस र बोलेरो जिप एक आपसमा ठोक्किदा जिप चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको सरावल गाउँपालिका-१ तिलकपुरका २१ वर्षिय रमेश थारु रहेका छन् ।

आइतबार नवलपरासीबाट पोखरा जाँदै गरेको लु १ च ७०४१ नम्बरको जिप र विपरित दिशाबाट आएको ग १ ख ४०२२ नं.को बस पृथ्वीराजमार्गको गुणादीमा ठोक्किदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा गम्भीर घाइते भएका जिप चालकको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै बस चालक विनोद श्रेष्ठलाई दमौली अस्पतालमा सामान्य उपचार पछि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।

साँघुरो सडक र ओभरस्पिड भएका कारण सवारी अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पछिल्लो समय साँघुरा सडक, ओभरस्पिड तथा सवारी चापले तनहुँमा दुर्घटना बढ्दै गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal