आज :

व्यापारीसँग रकम असुल्दै गर्दा युवक पक्राउ

जलेश्वर । नेपाल प्रहरी प्रदेश नं.२ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी महोत्तरीको लोहारपट्टी नगरपालिका-९ खुट्टापिपराढी गाउँका २८ वर्षिय जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले जिल्लाको पूर्वी दक्षिणी सीमा क्षेत्रमा अवस्थित मटिहानी नगरपालिकाका व्यापारीलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी रहेको भन्दै धम्क्याउने, तर्साउने र उनीहरुसँग रकमसमेत असुल्ने कार्य गर्दै आएका थिए ।

प्राप्त गोप्य सूचनाका आधारमा व्यापारीसँग रकम असुली गरिरहेकै बेला उनलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal