आज :

राष्ट्रपति सी बेइजिङबाट हिँडे

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका लागि चीनबाट हिँडेका छन् । नेपाल आउनुभन्दा पहिले भारतमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति सी शुक्रबार बिहान भारततर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति सी भारतबाट सिँधै नेपाल आउनेछन् ।

सिन्ह्वा समाचार समितिका अनुसार राष्ट्रपति सीसँगै चिनियाँ कम्युनिस्ट पार्टीका नेता र सरकारका उच्च अधिकरीहरु सहभागी हुनेछन् । सीको भ्रमण दलमा राष्ट्रपति सीसँगै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति कार्यालयका प्रमुख तिङ स्युए स्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छ, राज्य परिषद्‌का सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यी, राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङ लगायत सहभागी हुने चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

भ्रमण टोलीसहित सी विशेष विमानबाट भारततर्फ प्रस्तान गरेका छन् । आज भारतको तमिलनाडुमा भइरहेको कार्यक्रममा सहभागी भइरहेका छन् । सीको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । भ्रमण टोलीसँगै सी आज भारतमै बस्नेछन् भने भोलि (शनिबार) नेपाल पुग्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal