आज :

महरा-रोशनी प्रकण नयाँ मोडमाः महराविरुद्ध बलात्कारको मुद्दा दर्ता, गिरफ्तार गर्न गृहमन्त्री बादलको निर्देशन 

काठमाडौँ । जबरजस्ती करणकी आरोपसँगै सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको मुद्दा दर्ता भएको छ ।  रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेकी हुन् ।

रोशनीले महराविरुद्ध शुक्रबारै किटानी जाहेरी दिएपनि शनिबार मात्रै सार्वजनिक भएको छ । महराले रोशनीलाई रक्सी पिएर कुटपिट तथा बलात्कार गरेको आरोप लागेको छैटौं दिनमा उजुरी दर्ता भएको छ । घटना सार्वजनिक भएको केही घण्टामै रोशनीले महरा निर्दोष रहेको बताएकी थिइन् । योसँगै महरा कानुनी प्रक्रियाबाट बचेको चर्चा लगेको छ ।

महरालाई कानीनी रुपमा बचाउन पार्टीका उच्च नेता नै लागेको बताइरहेको बेला रोशनीले बलात्कारको उजुरी दर्ता गरेको हुन् । योसँगै महरा प्रकणले नयाँ मोड लिएको छ । महरालाई छानविनको प्रक्रियामा ल्याउने पर्ने भन्दै चौतर्फी दवाव बढिरहेको बेला उजुरी दर्ता भएको छ । एकथरीले प्रमाण नष्ट गरेपछि उजुरी दर्ता गरिएको बताउन सुरु गरेका छन् । उनिहरुले महरालाई चोख्याउन उजुरी गर्ता गरिएको हुन सक्ने भन्दै प्रमाण नष्ट गर्न नदिन सचेत हुनुपर्ने बताउछन् ।

रोशनीले सुरुपमा महराले बलात्कार गरेको भन्दै संचारमाध्यमलाई अन्तरवार्ता दिएकी थिइन् । त्यसपछि अर्को संचारमाध्यमलाई फेरि महरा कोठामै नआएको र निर्दोष रहेको बताएकी थिइन् । हो र होइन भन्ने चर्चाबीच विहीबारै रोशनीको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।
महराले आफू रोशनीको कोठामा नगएको बताएका थिए तर सिसि टिभी फुटेजले त्यसलाई खण्डन गरेको छ ।

महराले सामाजिक संजालमा र फोनमा रोशनीसँग गरेको कुराकानीबाट पनि उनको दाबी झुट भएको पुष्टी भइसकेको छ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापाले महरालाई गिरफ्तार गरी छानविन गर्न प्रहरीलाई निर्देशन दिइसकेका छन् । उता महरालाई सांसदबाटै बर्खास्त गर्न (नेकपा)कै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई दवाव दिइरहेका छन् ।

उजुरी दर्ता गरेको सार्वजनिक भएसँगै सामाजिक संजाल प्रयोगकर्ताहरुले बाउ सरहका महराले कसरी बलात्कार गरे भन्दै रोशनीलाई प्रश्न गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal