आज :

बौद्धनाथ स्तुपाको संरक्षको लागि बौद्धमार्गीहरुले अगाडि सारे ११ बुँदे मागहरु, रक्त चन्दनदेखि १८ किलो सुनसम्म

काठमाडौँ । बौद्धनाथ स्तुपाको संरक्षण लागि भन्दै बौद्धमार्गीहरुले विभिन्न माग अगाडि सारेका छन् । उनीहरुले काठमाडौँको बौद्धस्थित बौद्धनाथ गुम्बाको अस्तित्वमाथि नै धावा बोलिएको भन्दै ११ बुँदे मागहरु अगाडि सारेका हुन् ।

फ्रि तिब्बतका समर्थकहरुले बौद्ध स्तुपाको ऐतिहासिकतालाई मेटाउन विभिन्न चलखेल गरेको भन्दै त्यसलाई रोक्नुपर्ने माग पनि गरेका छन् । त्यस्तै बौद्धनाथ स्तुपाको परिसरको गेटमै विदेशी पर्यटकहरुबाट दैनिक लाखौं अनियमित ढंगले असुली भइरहेको, तामाङ कल्याण नामक संस्थाले नियम विपरित बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा अतिक्रमण गरी व्यापारिक प्रयोजनको लागि पार्टी प्यालेस संचालन गरेको भन्दै उक्त ठाउँ खाली गराउन समेत माग गरेका छन् ।

नेपालस्थित बौद्धमार्गीका ३० संघ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गरेर यी मागहरु अगाडि सारेका छन् । उनीहरुले केही दिनअघि स्तुपा परिसरभित्र शान्ति पूजाको क्रममा भएको आक्रमणको निन्दा समेत गरेका छन् । संसारका बौद्धमार्गीको बेइजत हुने गरी आक्रमण गर्नेहरुमाथि कारवाहीको माग समेत संयुक्त विज्ञप्तिमा गरिएको छ ।

यस्ता छन् मागहरु

१. घाइतेहरुको उपचार, लुटिएका सामानको क्षतिपूर्ती र दोषीलाई तत्काल कारवाही अगाडि बढाइयोस् ।

२. विश्वशान्ति बौद्ध स्तुपा परिसरभित्र नारा, जुलुस, गाली गलौजजस्ता अवाञ्छनीय गतिविधिहरु अनिवार्य निषेधित गरियोस् ।

३. हजारौं वर्ष पूरानो इट्टा तथा छोकसिन प्राण प्रतिस्ठानको रक्त चन्दनको काठ चारी गरी बिक्री गर्नेलाई कारवाही गरियोस् ।

४. स्तुपाको माथिल्लो भागमा हालिएको विदेशी चिनियाँ भिक्षुको मानव अस्तु चाडोभन्दा चाडो निकालियोस् ।

५. इतिहासलाई तोडमोड गर्ने गरी स्तुपा परिसरभित्र अनाधिकृत रुपमा चिनियाँ नागरिकको नाममा राखिएको शिलालेखलाई हटाउन पहल गरियोस् ।

६. विश्व सम्पदाको सूचीलाई विकृत हुनेगरी प्राचिन स्मारक संक्षरण ऐन २०३३ लाई अटेर गर्दै पुरातत्व विभागले पटकपटक हटाउन दिएको आदेशलाई पूर्णतया बेवास्ता गर्दै व्यापारिक प्रयोजनका लागि स्तुपाभित्र बनाइएको छ्योमे घरलाईँ हटाइयोस् ।

७. गैरसरकारी संस्थाको रुपमा दर्ता भएको तामाङ कल्याण नामक गुठी संस्थाले राज्यको नीति नियमलाई बेवास्ता गरी बौद्ध तथा मेलम्ची घ्या गुठीको स्वीकृत बिना नै सो गुठीको जग्गामा फुलबारी बगैँचा कि.नं. १२५ को क्षेत्रफल १ रोपनी २ पैसा जग्गा अतिक्रमण गरी पार्टी प्यालेस संचालन गरेकोले उक्त ठाउँ खालि गरियोस् ।

८. नेपाल सरकारको एक चीन नीति विपरित फ्री तिब्बतका अनुयायी वा लिटिल तिब्बताका समर्थकहरुले बौाद्ध परिसरको ऐतिहासिकलाई अदृश्य हातमार्फत मेटाउने र विस्थापित गराउने घेराबन्दीको चलखेललाई निरुत्साहित गरियोस् ।

९. बौद्ध स्तुपा परिसर प्रवेशको मूलगेटमै विदेशी पर्यटकहरुबाट दैनिक लाखौं अनियमित ढंगले असृुलीलाई तत्काल बन्द गरियोस् ।

१०. बौद्ध स्तुपाभित्र कार्यक्रम संचालन, संस्था आदिको निर्णय र व्यवस्थापन गुठीको संचालन वा घ्याङ गुठीका प्रमुख चिनियाँ लामाको अनुमतिबिना सम्भव छैन भन्ने फैसलालाई तुरुन्त कार्यान्वयन गरियोस् ।

११. बौद्ध स्तुपा पुनः निर्माणको बेला २९ किलो सुनमध्ये ११ किलो मात्र हाली बाँकी सुन हिनामिना गरिएकोलाई छानविन गरियोस् ।

मागहरु उठाउन संस्थाहरु

१. श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी

२. नेपाल तामाङ राष्ट्रि घेदुङ ः महासचिव, चुनाव कुमार लामा

३. चौतरा निङ्मा गुम्बा तथा अध्ययन केन्द्रः अध्यक्ष दानबहादुर लोप्चन तामाङ

४.बुद्धिष्ट जनसेवा फाउण्डेशन नेपालः अध्यक्ष, शनीमाया लामा तामाङ

५. ह्याङ्ला ह्युल्सा गुम्बा ः अध्यक्ष, निरज गोले

६. बौद्ध दर्शन अध्ययन अध्यापन केन्द्रः अध्यक्ष निरबहादुर घलान

७. टासी झ्याङछ्युक छोइलिङ गुम्बाः अध्यक्ष, साङ्गे दोर्जे हिङ्तान तामाङ

८. कालिङ छयोइलिङ गम्बाः प्रमुख लामा, ल्हाक्पा लामा

९. चिनियाँ लामा बौद्ध फाउण्डेशनः अध्यक्ष रोश्ना लामा

१०. केवालुङ गुम्बा घ्याङ गुठीः सदस्य सचिव, जेन्देन दोर्जे लामा

११. स्यार्जोङ गुम्बा गोकुल गंगा गुठीः अध्यक्ष लालबहादुर रुम्बा

१२. तर्त छोइलिङ छहारे घ्याङ गुठीः अध्यक्ष ओम्पु लामा

१३. मैत्री बौद्ध युवा समाजः अध्यक्ष हरिश गोले तामाङ

१४. बौद्ध जागरण केन्द्रः अध्यक्ष कहिला लामा

१५. टासी छोइलिङ गुम्बाः प्रमुख लामा, पाल्साङ लामा

१६. शेराप होइलिङ गुम्बाः अध्यक्ष, गणेश लामा

१७. थर्पलिङ गुम्बाः अध्यक्ष, समशेर लामा

१८. झ्याङतेर छोइलिङ गुम्बाः अध्यक्ष, गुणबहादुर तामाङ

१९. टासी म्हेदोक गुम्बाः अध्यक्ष, क्याटोल लामा

२०. टासी छोइलिङ गुम्बाः प्रमुख लामा, टुल्कु लामा

२१. टासी साङलिङ गुम्बाः अध्यक्ष, गोरखमान लामा

२२. उर्गेन टासी छोइलिङ गुम्बाः अध्यक्ष, सानु मोक्तान

२३. टासी धेछेन स्कुल गुम्बाः अध्यक्ष, सोनाम स्याङ्तान

२४. टासी छोइलिङ गम्बाः अध्यक्ष, छिरिङ लामा

२५. पेमा धेछेन गुम्बाः अध्यक्ष, पदमबहादुर लामा

२६. उर्गेन छोइफेर गुम्बाः अध्यक्ष, छत्रबहादुर लामा

२७.कग्युर थेक्छ्यान खोइखोरलिङ गुम्बाः अध्यक्ष, बुम्साङ दोर्जे लामा

२८. पेमा साङलिङ गुम्बाः अध्यक्ष छेवाङ लामा

२९. फयुल हिमालय फेन्डेप घेकुल म्हानी छोक्पाः प्रमुख लामा, ओम्पु लामा

३०. छयोईलि गुम्बा, रसुवाः प्रमुख लामा, मेन लामा तामाङ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal