आज :

२ दिने आर्थिक सम्मेलनमा भाग लिन अर्थमन्त्री पुगे नयाँ दिल्ली

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली पुगेका छन् । बिहीबारदेखि सुरु हुने इन्डिया इकोनोमिक समिट-२०१९(भारत आर्थिक सम्मेलनमा भाग लिन दिल्ली पुगेका हुन् । अहिले उनी नेपाली दूतावासमा रहेका छन् ।

उनले आफ्ना समकक्षी भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँग भेट गर्ने कार्यक्रम रहेको छ । बिहीबारदेखि सुरु हुने २ दिने सम्मेलनमा भाग लिन पुगेका उनी शनिबार काठमाडौँ फर्किने कार्यक्रम छ ।

शुक्रबार दिउँसो ‘दक्षिण एशियाली मुलुकको आर्थिक दृष्टिकोण’ विषयमा हुने प्यानल डिस्कसनमा भाग लिनका लागि आमन्त्रित उनले सम्मेलनको बिहीबार र शुक्रबारको अधिकांश सत्रमा भाग लिने छन् ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि खतिवडा दोश्रो पटक दिल्ली गएका छन् । यस अघि इन्डिया फाउन्डेसनले १४-१६ मार्च २०१८-३० फागुन-२ चैत्र २०७४ मा आयोजना गरेको ‘प्रतिआतंकवाद सम्मेलन २०१८’मा भाग लिन एक दिनका लागि उनी दिल्ली पुगेका थिए ।

त्यसको उद्घाटन सत्रमा मुख्य वक्ताको रुपमा उनले सम्बोधन गरेका थिए । यही अक्टोबर ३-४ मा हुन लागेको सम्मेलन जेनेभास्थित विश्व आर्थिक मंच–वर्ल्ड इकोनोमिक फोरम, भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय तथा भारतीय उद्योग परिसंघ (सीआईआई) को सहकार्यमा हुन लागेको हो ।

‘इनोभेटिंग फर इन्डियाः स्ट्रेन्थिंग साउथ एशिया, इम्प्याक्टिंग दि वर्ल्ड’, समिटको नारा रहेको छ । डब्लुईएफका अनुसार समिटमा ४ वटा विषयगत स्तम्भमा क्षेत्रीय महत्वका रणनीतिक मुद्दाहरुलाई सम्बोधन गरिनेछ ।

नयाँ भुराजनीतिक यथार्थ र नयाँ सामाजिक, परिस्थिति र प्राविधिक प्रणाली दक्षिण एशियाली मुलुक तथा आसियान सदस्य मुलुकहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न यो सम्मेलन केन्द्रित रहने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal