आज :

बौद्धनाथ स्तुपाको विवाद अध्ययन गर्न समिति गठन

काठमाडौं । बौद्धस्थित बौद्धनाथ स्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा बुधबार गृह मन्त्रालयमा भएको बैठकले अध्ययन समिति बनाएको हो ।

बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी, बौद्ध मेलम्ची घ्याङ गुठीबीचको विवाद अन्त्यका लागि सहजीकरण र संस्थाको विवाद अध्ययन गरी दिगो समाधानका लागि उपयुक्त सुझावसहितको प्रतिवेदन पेस गर्न समितिलाई जिम्मेवारी दिइएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव नीरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन् ।

समितिको कार्यशर्त पर्यटन मन्त्रालयले बनाउने निर्णयसमेत बैठकले गरेको छ । गत शनिबार बौद्धनाथ स्तुपाभित्र आयोजना भएको क्षमापूजा तथा दीप प्रज्ज्वलनमा आपसी विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal