
महोत्तरी । जलेश्वरमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । कालो रंगको बौलाहा कुकुरले आतंक मच्चाएको हो ।
कुकुरले जलेश्वर नगरपालिका र एकडारा गाउपालिकामा अहिलेसम्म ५० जना भन्दा बढीलाई टोकेको छ । कुकुरले टोकेकाहरुको जलेश्वर अस्पतालमा उपचार भएको छ ।
नगर तथा गाउँमा बौलाहा कुकुर आतंक भएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । तर प्रहरीले अहिलेसम्म कुकुर फेला पार्न सकेको छैन ।
जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले परिचालित प्रहरीलाई बौलाहा कुकुर भेटिए गोली हान्न आदेश दिएको बताए ।