आज :

महरा प्रकरणले उच्च पदप्रतिको आकर्षण हट्योः डा. केसी

काठमाडौँ । सभामुख कृष्णबहादुर महराको ‘करणी प्रकरण’ ले उच्च पदप्रतिको आकर्षण हटेको बताएका छन् । उनले त्यो पदमा पुगेका व्यक्तिहरुबाटै यस्तो हर्कत बाहिर आउँदा काण्डैकाण्डमा रुमलिएको नेपाली राजनीतिलाई थप बद्नाम गराएको बताए ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. केसीले आफूलाई पनि उच्च पदको अलिअलि मोह भएपनि महरा प्रकरणपछि त्यो भंग भएको बताए । काण्डैकाण्डमा मुछिएकाहरुले नै आफूलाई प्रतिगामी भएको बताउने गरेको भन्दै त्यसको खण्डन गरे ।

“हामीलाई कहिले प्रतिगामी, कहिले दरबारीय यी बेबकुफ ल्वाँठहरुले के बुझे हुन्छ भने हामीलाई केही नपुग्दो छैन, अलि उच्च पदप्रति आकर्षण थियो, त्यो पनि सभामुख कृष्णबहादुर महरा प्रकरणले भंग भयो” डा. केसीले भने । उनले उनले यो प्रकरणसम्म आउँदा आफूहरुले यो सरकार काण्डैकाण्डमा रुमलिएको भन्ने निष्कर्ष पुष्टि हुँदै गएको दाबी गरे ।

“र्दुइतिहाईको आडमा वाईडबडी, बालुवाटार जग्गा, सुन काण्ड, सिण्डिकेट, निर्मला प्रकरण, अब महरा स्क्याक्याण्डल रफादफा गर्ने, अनि यसको छानबिन गर भन्नेलाई प्रतिगामी कतिसम्म हाँसो उठ्ने कुरा, कसले पत्याउँछ यीनका कुरा” डा. केसीले भने । उनले सरकार लोकतन्त्रको गुनगान गाउन सिपालु भएपनि त्यसअनुसारको व्यवहार नभएको दाबी गदै सच्याउनकोलागि आफुहरुले निरन्तर विरोध गर्दै आएको र भोलि पनि यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा बोल्दै डा. केसीले सरकारका गलत कामहरुको विरोध गर्दा ज्ञानेन्द्र शाहीले कुटाइ खाएको र काँग्रेस नेताहरुमाथि आक्रमण प्रयास लोकतन्त्रिक चरित्र नभएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal