आज :

ओली-प्रचण्ड कुकर कराउँदा पनि राजा आयो भन्दै बर्बराउन थालेः डा. दीक्षित

काठमाडौँ नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दीक्षितले ठूलो बलिदानीबाट अहिलेको सरकार आएपनि व्यवहार विगतभन्दा फरक हुन नसकेको बताएका छन् । उनले जनताका छोराछोरीले ठूलो रगत बगाएर ल्याएको व्यवस्था भएपनि सरकारले त्यो महशुस नगरी पूरानै ढर्रामा चलेको बताए ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले आयोजना गरेको ‘राजनीतिक अधिकार र वर्तमान प्रेसको अवस्था’ विषयक  कार्यक्रममा बोल्दै डा. दीक्षितले राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाउनुले सरकारको नियत प्रष्ट भएको बताए । उनले संविधानले राजनीति स्वतन्त्रालाई ग्यारेण्टी गरेको तर सरकारले त्यसलाई कुल्चिदै गएको बताए ।

“लोकतन्त्र र अहिलेको सरकार ठूलो बलिदानीबाट प्राप्त भएको छ । तर सरकारको चालामाला ठिक छैन, विगतभन्दा फरक ढंगले चलेको छैन । त्यसविरुद्ध फेरि बोल्नुपर्ने बेला आइसक्यो” डा. दीक्षितले भने । सरकारले आफूविरुद्ध बोल्नेलाई मण्डले पारामा सांघातिक हमला गर्ने र उल्टै पीडितलाई कस्टडीमा लिने गरेको भन्दै डा. दीक्षितले प्रश्न गरे, “यस्तो पनि लोकतन्त्र हुन्छ ?”

डा. दीक्षितले वर्तमान सरकार बास्तवमै प्रतिगमनको बाटोमा हिडेको आरोप लागाउँदै त्यसको पहिलो निशानामा प्रेस परेको दाबी समेत गरे । उनले हिजोको जस्तै गरी प्रेसका ढोकामा बन्दुकधारी उभिने अवस्था आउने भन्दै भने, “फेरि हिजोकै जस्तो बालुवाटार बस्ने केपी शर्मा ओली र खुमलटारमा बस्ने प्रचण्ड कुकर भुक्दा पनि बर्बरता आउन थालेको छ, अब पत्रकारहरुपनि आन्दोलित हुनुपर्छ, जे गर्नुछ बेलैमा गर्नुस् नत्र भोलि प्रेस सकिए सबै सकिन्छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal