आज :

नेकपाका युवा नेता खतिवडा रिहा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता केदार खतिवडा रिहा भएका छन् । खतिवडा मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा धरौटीमा रिहा भएका हुन् ।

प्रहरीले खतिवडालाई काठमाडौंस्थित डेराबाटै १३ दिन पहिले गिरफ्तार गरेको थियो । उनलाई प्रहरीले अभद्र व्यवहार अन्तरगत मुद्दामा म्याद थप गरि हिरासतमा राखेको थियो ।

प्रहरीले लगाएको आरोप पुष्टी नभएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि खतिवडा ६ महिना हिरासत बसेर आदालतको आदेशमा रिहा भएका थिए । प्रहरीले उनलाई त्यसको केही समयभित्रै पुनः गिरफ्तार गरेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal