आज :

राष्ट्रिय वाणिज्य बैंक टोखा शाखाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको टोखा शाखाको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्राञ्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, टोेखा नगरपालिकाङ-७ का अध्यक्ष नरोत्तम राना, वडा नं.११ का अध्यक्ष उत्तम अधिकारी, हाँस्य कलालकार सन्तोष पन्त लगायतले शुभकामना मन्तव्य ब्यक्त गरे ।

बैंकका ३ नं.प्रादेशिक कार्यालयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शाखा कार्यालय टोखाका सहायक प्रबन्धक सुजाता थापाले गरेकी थिईन् । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ३८ वटा शाखा कार्यालय, २ सय ४ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal