आज :

सभामुख महराको यौन दुरव्यवहार घटनाबारे शीर्ष नेताहरुबीच छलफल हुँदै

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।

आरोप लागेपछि नेकपाका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

आइतबार साँझ संसद सचिवालयकै महिला कर्मचारीको कोठामा गएर दुरव्ययवहार गरेको समाचार बाहिरिए पनि उनले त्यसको खण्डन गरेका थिए । पीडित भनिएकी महिलाले आफूमाथि सभामुखबाट दुरव्यवहार भएको भिडियो भाइरल भएपछि आज उनले कानुन व्यवसायी र दलका नेताहरुसँग परामर्श गरेका छन् ।

यसैबीच प्रधामन्त्री केपी ओलीसँगको छलफलमा सभामुख महराले घटनाको छानविनका लागि पर्याप्त सहयोग गर्ने प्रतिवद्धता जनाएको बालुवाटार स्रोतले जनाएको छ ।

आजै गृहमन्त्री रामबहादुर थापाले गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग पनि परामर्श गरेका छन् । भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले घटनाको निष्पक्ष छानविन गर्नका लागि सभामुख महराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal