आज :

प्रतिबन्ध चिर्दै कालिकोटमा नेकपाको प्रदर्शन, दमन नरोकिए जनप्रतिनिधिलाई गाँउबाट लखेट्ने चेतावनी

कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको रास्कोट नगरपालिकामा सरकारका विरुद्धमा प्रदर्शन गरेको छ । मंगलबार नेकपाले रास्कोटको आरसिपी बजारमा मार्चपाससहित प्रदर्शन गरेको हो ।

सरकारका विरुद्ध प्रदर्शन गर्दै नेकपाले बिरोध सभाको आयोजना समेत गरेको छ । सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी कालिकोट जिल्ला इन्चार्ज बिराट भण्डारीले आफुहरुमाथिको दमन नरोकिए जनप्रतिनिधिलाई गाँउबाट लखेट्ने चेतावनी दिएका छन् ।  सरकारको प्रतिबन्धको सामना गर्दै आफुहरु निरन्तर क्रान्तिको बाटोमा अघि बढिरहेको भन्दै नेता बिराटले जस्तोसुकै चुनौती र अवरोधको सामना गरेर पनि एकीकृत जनक्रान्तीलाई निर्णायक बिन्दुमा पुर्याएर छोड्ने अठोट व्यक्त गरे । सत्तारुढ कम्युनिस्ट पार्टीले कम्युनिस्ट मुल्य, मान्यता र विचारको बदनाम गरिरहेको तर यथार्थमा उनीहरु कम्युनिस्ट नभएको उनको भनाइ छ । अहिलेको प्रक्रियाबाट शान्ति र समृद्धि सम्भव नरहेको धारणा राखेका बिराटले आफ्नो अभियानमा विभिन्न ढंगले सहयोग गर्न बुद्धिजीवी, शिक्षक, कर्मचारी र आम जनतालाई अपिल गरे ।

दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य साहसीले बैज्ञानिक समाजवादी व्यवस्थामा मात्र दलितको हक अधिकार सुनिश्चित हुने धारणा राखे ।

जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका कालिकोट जिल्ला सेक्रेटरी रणदिप ऐडिले नेकपाको निति कार्यक्रमदेखी तर्सिएर सरकारले प्रतिबन्ध लगाएको धारणा व्यक्त गरे । पार्टीले निर्देशन गरे एकै रातमा सम्पुर्ण स्थानीय सरकार कब्जामा लिने क्षमता आफुसंग रहेको भन्दै ऐडिले आफ्नो धैर्यताको बाँध टुट्नसक्ने खतरा औल्याए ।

कार्यक्रममा बोल्दै युवा संगठन नेपालका कर्णाली ब्युरो संयोजक शितल बिष्टले राष्ट्र र जनताको मुक्तिका लागि आफुहरु जुनसुकै प्रकारको बलिदान गर्न तयार रहेको बताए । त्यसैगरी नेकपा कालिकोट जिल्ला सदस्य तथा एरिया न. ३ का इन्चार्ज कञ्चन शाहीले आफ्नो कार्यक्रमलाई अवरोध गर्न खोज्नेहरुसंग उचित समय आएपछि हिसाब गरिने चेतावनी दिए ।

बिरोध प्रदर्शन र बिरोधसभासंगै नेकपाले युवा संगठन र दलित संगठनको जिल्ला भेला पनि सम्पन्न गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal